४० अमेरिकी नागरिकमा भेटियो कोरोनाभाइरस
जापानको क्वारन्टीनमा राखिएका ४० अमेरिकी नागरिकमा कोरोनाभाइरस भेटिएको छ ।
डाइमण्ड प्रिन्सेस क्रुज पानी जहाजबाट उद्धार गरिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस भेटिएको बीबीसीले जनाएको छ । चार सय अमेरिकी नागरिकलाई उद्धार गरिएका मध्ये ४० जनामा कोरोनाभाइरस भेटिएको हो ।
तर, संक्रमितहरुलाई भने जापानकै अस्पतालहरुमा भर्ना गरिएको छ । अमेरिकी नागरिकहरुलाई ३ फेब्रुअरीदेखि जापानको योकाहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको थियो ।
चीन बाहिर कोरोनाभाइरसबाट संक्रमण देखिएको यो सवैभन्दा ठूलो समुह हो ।