समाचार आइतबार, फागुन ४, २०७६

आतङ्कवाद जस्तै कोरोनाभाइरसविरुद्ध एकजुट बनौं : विश्व स्वास्थ्य संगठन

रासस

आतङ्कवाद जस्तै कोरोनाभाइरसविरुद्ध एकजुट बनौं : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले विश्वभरि फैलिएको र हजारौंको मृत्युकाे कारक भएको कोरोनाभाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।

संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरे ।

“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, न कि एक्लाएक्लै,” उनले भने । उनले सबै देशहरुले एकअर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुपर्नेमा पनि जोड दिए ।

रोगको महामारी विरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरेका छन् । उनले त्यसका लागि लगानी गर्नुपर्ने बताए ।

विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौं डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे ।

महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनुपर्ने खाँचो रहेको उनकाे भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस