चीनमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या कम हुँदै
चीनमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमश: ओरालो लाग्दै गएको छ । संक्रमितको संख्या लगातार बढेको तेस्रो दिन कोरोनाभाइरसका नयाँ सङ्क्रमितको संख्या घटेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ।
आयोगका अनुसार आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितको संख्या कुल ६८ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ ।
चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ भने चार जनाको मृत्यु भएको छ । फ्रान्स, हङ्कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको हो ।
चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमण जापानमा क्वारन्टिनमा राखिएको क्रुज जहाजमा भेटिएको छ । उक्त जहाजमा ३५५ जना सङ्क्रमितहरूको रहेको जनाइएको छ।