अपराजित लिभरपुलको अग्रता झनै फराकिलो बन्दै
इंग्लिस प्रिमियर लिगमा शनिबार राति नर्विच सिटी लिड लिडर लिभरपुलसँग पराजित भएको छ ।
खेलका अन्तिमसँग गोल रहित बराबरी रहेको खेलमा लिभरपुलका साडियो मानेले निर्णायक गोल गरे । ७८औं मिनेटमा मानेले गरेको गोल नै निर्णायक हुँदा नर्विच सिटी पराजित हुन पुग्यो ।
२६ खेल खलिसकेको लिभरपुल अपराजित छ । २५ खेलमा जित र एक बराबरी खेलेको लिभरपुलले नर्विचलाई हराउँदै अग्रता झनै फराकिलो बनाएको छ ।
लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटी २५ अंकले पछाडि छोडिएको छ भने तेस्रो स्थानमा रहेको लिस्टर सिटी २६ अंकले पछाडि छ । चौंथो स्थानमा रहेको चेल्सी भन्दा ३५ अंकले माथि रहेको लिभरपुलले उपाधि संभावना बलियो बनाएको छ ।