गेटाफेलाई हराउँदै बार्सिलोना विजयी
स्पेनिस ला लिगाको तेस्रो स्थानमा रहेको गेटाफेलाई हराउँदै बार्सिलोना तीन अंक जोड्दै रियल मड्रिडसँग बराबरी भएको छ ।
शनिबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा गोल थप्न सकेन ।
बार्सिलोनाका लागि एन्टिनियो ग्रिजम्यानले ३३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसको ६ मिनेट नबित्दै बार्सिलोनाका लागि डिफेन्डर सर्जियो रोबर्टोले गोल गरे ।
दोस्रो हाफमा गेटाफेका लागि एंगल रोड्रिगेजले गोल फर्काए । ६६औं मिनेटमा एक गोल गरेपनि हार टार्न सकेनन् ।
जितसँगै, बार्सिलोना २४ खेलबाट ५२ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको मड्रिड समान ५२ अंक सहित शीर्ष स्थानमा कायमै छ ।