कोरोनाभाइरसबाट फ्रान्समा पनि एक जनाको मृत्यु
कोरोनाभाइरसबाट फ्रान्समा पनि एक जनाको मृत्यु भएको छ । एसिया बाहिर मृत्यु भएको यो पहिलो घटना हो ।
तर, मृतक चिनियाँ नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । फ्रान्स पुगेका ८० वर्षीय पुरुषको मृत्यु भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् ।
यसअघि हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म चीनमा १५०० बढीको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।