उपाधि भिडन्तमा आर्मी विरुद्ध मछिन्द्रको अग्रता
जारी शहीद स्मारक ए डिभिजन लिगको उपाधि भिडन्तमा त्रिभुवन आर्मी विरुद्ध सान मिगेल मछिन्द्र क्लबले अग्रता लिएको छ ।
खेलको ३३औं मिनेटमा रञ्जित धिमालले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । अग्रता सँगै, आर्मी दबावमा परेको छ ।
बराबर खेले पनि आर्मीले उपाधि जित्नेछ । तर, मछिन्द्रले गोल गरेसँगै आर्मी दबावमा आएको हो । अन्तिम खेल अगाडि आर्मी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा र मछिन्द्र २८ अंकका साथ दोस्रो स्थानमा छ ।
अन्तिम खेलमा स्ट्राइकर बिमल घर्तिमगरले समेत खेलेका छन् । ३५औं मिनेटमा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएर मैदानबाट बाहिरिएका छन् । उनको ठाउँमा चौधरी मैदान छिरेका छन् ।