अर्थ/बजार शुक्रबार, फागुन २, २०७६

ग्लोबल आइएमईको नयाँ शाखा दिक्तेलमा

हिमालखबर

ग्लोबल आइएमईको नयाँ शाखा दिक्तेलमा

खोटाङकाे दिक्तेलमा ग्लोबल आइएमई ब्यांकको नयाँ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

शाखाको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा गरेका छन्।

कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई ब्यांकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए।

ग्लोबल आइएमई ब्यांकका अध्यक्ष ढकालले ब्यांकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको ब्यांकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस