समाचार शुक्रबार, फागुन २, २०७६

सर्वोच्चले अख्तियारसँग माग्यो माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण

हिमालखबर

सर्वोच्चले अख्तियारसँग माग्यो माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण

ललिता निवासको सरकारी जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग जवाफ मागेको छ । 

अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको इजलासले शुक्रवार सुनुवाइ गर्दै अख्तियारसँग  जवाफ मागेको हो ।

सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत  यसको लिखित जवाफ दिनसमेत आदेश गरेको छ ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी मन्त्रीहरुलाई मुद्दा लगाएको भएपनि तत्कालीन प्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई नीतिगत निर्णय भन्दै पन्छिएको थियो । त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रयोजनमा संल्गन रहेको भन्दै अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र तीन पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध २२ ‍‍माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस