समाचार शुक्रबार, फागुन २, २०७६

भन्सार छली गरेर ल्याउँदै गरेका ठूलाे परिमाणमा कपडा बरामद

हिमालखबर

भन्सार छली गरेर ल्याउँदै गरेका ठूलाे परिमाणमा कपडा बरामद

भन्सार छली गरेर ल्याउँदै गरेका ६० लाख बराबरका सामान र गाडी प्रहरीले बरामद गरेकाे छ।

झापाको मेचीनगर–१२, धाइजनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज १८०७ नंको महिन्द्रा पिकअप भ्यानमा राखेर ल्याउँदै गरेका सामान प्रहरीले बरामद गरेकाे हाे।

विशेष सुराकीको आधारमा खानतलासी गर्दा लुकाई छिपाई गरी ल्याउँदै गरेका गाडीसहित करीब ६० लाख बराबरका कपडाहरु बरामद गरिएको एसपी कृष्णप्रसाद कोइरालाले बताए। याे गाडीसहितकाे मूल्य भएकाे काेइरालाले बताएका छन् ।

गाडी र चालकलाई पनि नियन्त्रणामा लिइएको र आवश्यक कारवाहीका लागि क्षेत्रीय राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको कोइरालाले बताएका छन्। 

         

प्रतिकृया दिनुहोस