समाचार शुक्रबार, फागुन २, २०७६

कोरोनाभाइरस : एकै दिन ५ हजार बढी संक्रमित भेटिए, १२० को मृत्यु

हिमालखबर

कोरोनाभाइरस : एकै दिन ५ हजार बढी संक्रमित भेटिए, १२० को मृत्यु

चीनमा बिहीबार मात्रै नोभल कोरोनाभाइरसका ५ हजार बढी संक्रमित भेटिएका छन् भने १२० जनाको ज्यान गएको छ । यससँगै अहिलेसम्म संक्रमितको संख्या ६३,८५१ पुगेको छ भने मृतकको संख्या १,३८३ पुगेको छ ।

चीनमा प्रकोपका कारणा बिरामी हुने मृत्यु हुनेको संख्या हरेक दिन बढ्ने क्रम अझैँ रोकिएको छैन । यसअघि मृत्यु भएका भनिएका १०८ जना दुई पटक गन्ती भएको भनेर संख्या घटाएको छ ।

प्रतिकृया दिनुहोस