समाचार शुक्रबार, फागुन २, २०७६

प्रधानमन्त्री ओलीको संसद सम्बोधन रोकियो

हिमालखबर

प्रधानमन्त्री ओलीको संसद सम्बोधन रोकियो

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सम्बोधन नगर्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य उपाध्यायको चितवन क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित उपाध्यायको उपचारको क्रममा निधन भएको हो । उपाध्यायको निधन भएपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीको संसद सम्बोधन रोक्न माग गरेको थियो ।

कांग्रेसको माग पछि प्रधानमन्त्री ओलीले संसद सम्बोधन नगर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण संसदलाई जानकारी गराउने कार्यक्रम तय भएको थियो ।

शुक्रबार स्थगित भएकाे सम्बाेधन शनिबार बिहान ११ बजे हुने कार्यतालिका तय भएकाे छ ।

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

 

प्रतिकृया दिनुहोस