दादुरा र रुबेला खोप अभियानमा एनसेलको सहयोग
दुई चरणमा चलाइएको दादुरा–रुबेला खोप अभियानमा एनसेलले सहयोग गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग् सहकार्य गर्दै सरकारले चलाउन लागेको अभियानमा एनसेलले समेत सहयोग गर्ने भएको हो । नौ महीना देखि पाँच वर्षसम्मका बालबालिकालाई १ फागुन देखि एक महीनासम्म पहिलो चरणमा अभियान चलाइदैछ ।
३० लाख बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाइने अभियान अन्तर्गत पहिलो चरणमा प्रदेश नम्बर एक, २ र ५ मा सञ्चालन हुनेछ । १ चैतदेखि दोस्रो चरणको अभियान सञ्चालन हुनेछ । दोस्रो चरणको अभियान बागमती, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदशेमा सञ्चालन हुनेछ ।