अर्थ/बजार शुक्रबार, फागुन २, २०७६

हिमालयन ब्यांकको अध्यक्षमा गौतम निर्वाचित

हिमालखबर

हिमालयन ब्यांकको अध्यक्षमा गौतम निर्वाचित

हिमालयन ब्यांक लिमिटेडको संचालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम निर्वाचित भएका छन् । ब्यांकको २९ माघमा बसेको बैठकबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

३८१औं बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नव नियुक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र ब्यांकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले बिहीबार पद तथा गोपनियताको शपथ गराएका छन् ।

सपथ समारोहमा ब्यांकका संचालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा लगायत वरिष्ठ अधिकारीहरुको उपस्थित थिए ।

गौतम संस्थापक शेयरधनी कर्मचारी संचय कोषका तर्फबाट हिमालयन ब्यांकको संचालक समितिमा प्रतिनिधित्व गर्छन् । समारोहमा डेपुटी गर्भनर सिवाकोटीले गौतमलाई बधाई दिंदै उनको कार्यकालमा हिमालयन ब्यांकले थप उत्साह जनक प्रगतिको कामना गरे ।

 

 

प्रतिकृया दिनुहोस