अर्थ/बजार शुक्रबार, फागुन २, २०७६

युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा अरनिको पाँण्डे नियुक्त

हिमालखबर

युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा अरनिको पाँण्डे  नियुक्त

युलेन्स एजुकेशन फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृतमा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् ।

डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञ थिए । १ फेब्रुअरीदेखि युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा पाँडे नियुक्त भएका हुन् ।

उनले अमेरिकाको हावर्ड विश्व विद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशोधन विषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफ टेक्नोलोजिबाट विद्यावारिधी गरेका छन् ।

सन् २००६ मा ब्यारोन गाइ युलेन्स र मिरीयम युलेन्सको संरक्षकत्वमा गैरनाफामूलक संस्थाका रुपमा स्थापित युलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस