राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्याय नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
रुपन्देहीका उपाध्याय लामाे समय देखि क्यान्सर पीडित थिए । उनकाे उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेकाे थियाे ।