समाचार शुक्रबार, फागुन २, २०७६

प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्दै, सरकारकाे कामबारे जानकारी दिइने

हिमालखबर

प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्दै,  सरकारकाे कामबारे जानकारी दिइने
null

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बोलाइएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको अवसर प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्न लागेको उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए ।

रिमालका अनुसार, प्रधानमन्त्री ओलीले संसदमा सरकारको दुई वर्षे कार्यअवधिबारे समीक्षात्मक सम्बोधन गर्नेछन् । २०४८ को निर्वाचन पछाडि गिरिजाप्रसाद कोइराला बाहेक अन्यले दुई वर्षे सरकार चलाउन पाएका थिएनन् ।

२०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रष्ट बहुमत पाएपछि ओली नेतृत्वको सरकारले दुई वर्षे अवधि पुरा गरेको छ ।

प्रतिकृया दिनुहोस