समाचार शुक्रबार, फागुन २, २०७६

बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल भिड्ने

हिमालखबर

बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल भिड्ने
उम्मेद्वारी घाेषणा गर्दै प्रधान समुह ।

आगामी चैतमा हुने नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् ।

प्रधानले दुई महीना पछाडि स्वतः अध्यक्ष बन्न लागेको शेखर गोल्छोको समर्थनमा बरिष्ठ उपाध्यक्ष घोषणा गरेका हुन् । अघिल्लो महाधिवेशनमा गोल्छासँगै पराजित प्रधान हाल उपाध्यक्ष छन् । गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई गोल्छाले उपाध्यक्ष मनोनित गरेका थिए ।

प्रधानको उम्मेद्वारी घोषणासँगै अब बरिष्ठ उपाध्यक्ष पदमा प्रधान र चन्द्र ढकालबीच प्रतिश्पर्धा हुनेछ । ढकाललाई अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले समर्थन गरेका छन् । महासंघको संशोधित विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैले बरिष्ठ उपाध्यक्षको निर्वाचनलाई महत्वपूर्ण मानिएको छ ।

 

प्रतिकृया दिनुहोस