अर्थ/बजार विहीबार, फागुन १, २०७६

सनराइज ब्यांकको पपकर्न अफर

हिमालखबर

सनराइज ब्यांकको पपकर्न अफर

सनराइज ब्यांकले क्वीएफएक्स सँगको सहकार्यमा ‘सनराइज पपकर्न मेनिया’ योजना ल्याएको छ ।

२ फागुनदेखि तीन महीनासम्म रहने यो अफरमा क्वीएफएक्स सिनेमासका सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्र हेर्दा पपकर्न निशुल्क पाइनेछ । एउटा टिकट खरीद गर्दा निशुल्क पपकर्न पाइने ब्यांकले जनाएको छ ।

यसका लागि सनराइज ब्यांकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्वीएफएक्स सिनेमास स्थित प्वाइन्ट अफ सेल टर्मिनलमार्फत भुक्तानी गर्नुपर्नेछ ।

 

प्रतिकृया दिनुहोस