अर्थ/बजार विहीबार, फागुन १, २०७६

राजेश हमाल पुनः सदभावना दूत

हिमालखबर

राजेश हमाल पुनः सदभावना दूत

महानायक राजेश हमाल पुनः ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सदभावना दूत बनेका छन् । राजेश हमालसँग ज्योति लाइफका कार्यकारी उपप्रमुख प्रकाशबिक्रम खत्रीले पुनः दुई वर्षका लागि सम्झौता गरेका हुन् ।

पुनः सदभावना दूत बनेपछि महानायक हमालले व्यवसायिक सदभावना दूत बन्न पाउनु हर्षको विषय भएको बताए । बीमा शुल्क, प्राविधिक विकास र दुख् मुनाफामा उल्लेख्य प्रगति भएकाले पनि पुनः सद्भावना दूत बनेको उनले बताए ।

राजेश हमालले पुनः सद्भावना दूत स्वीकार्नुले पनि नेपाली बीमा प्रवद्र्धनमा टेवा पुग्ने कम्पनीले विश्वास गरेको छ ।

प्रतिकृया दिनुहोस