विश्वव्यापी काेराेनाभाइरस महामारी

१५६५२९४

हालसम्म संक्रमित

३४५८६७

निको भएका

९१९१२

मृत्यु हुनेको संख्या

नेपाल

जम्मा संक्रमित

निको भएको

अपडेटः बिहीबार, २७ चैत २०७६ । ११: ०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

अर्थ/बजार विहीबार, फागुन १, २०७६

माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्स शनिबारदेखि

हिमालखबर

माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्स शनिबारदेखि

माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौं संस्करण २ फागुनदेखि ७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने भएको छ।

उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे ब्यांक लि.का प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य रहेकाले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीको खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए।

एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुच्छ्रे ब्यांक लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले यामाहाको तर्फबाट एफजेड भी बाइक प्राप्त गर्नेछन् ।

प्रतियोगिता ५ ओभरको हुने र लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्र्वािधक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

माछापुच्छ्रे, सेन्चुरी, सिभिल, एनआईसी एशिया, सनराइज, नबिल, नेपाल राष्ट्र ब्यांक, कुमारी, मेगा, ग्लोबल आईएमई, कामना सेवा विकास, प्राइम कमर्शियल, आईसीएफसी फाइनान्स, गोर्खा वित्त, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बीमा लगायत २३ कर्पोरेट हाउसले यो वर्षको माछापुच्छ्रे ब्यांक कर्पोरेट सुपर सिक्स प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस