समाचार विहीबार, फागुन १, २०७६

वुहानमा रहेका नेपाली उद्धार गर्न चार चिकित्सक सहितको टोली जाने

हिमालखबर

वुहानमा रहेका नेपाली उद्धार गर्न चार चिकित्सक सहितको टोली जाने

चीनको हुपेई प्रान्तको वुहान शहरमा रहेका नेपालीलाई लिन नेपाली सेनाका चार चिकित्सक सहितको टोली चीन जाने भएको छ ।

नेपाल वायु सेवा निगमका अपरेसन विभागका निर्देशक क्याप्टेन दिपुराज ज्वार्चनका अनुसार, उद्दारका लागि निगमको वाइडवडी (एयरबस ३३०) ३ फागुन पौने तीन बजे उड्नेछ ।

विमानमा नेपाली सेनाका चार जना डाक्टर सहित १७ जनाको टोली रहनेछन् । विमानमा तीन जना पाइलट र ६ जना क्याबिन क्रु मेम्बर रहने क्याप्टेन ज्वार्चनले बताए ।

निगमका अनुसार, विमानमा रहने सबै क्रु मेम्बरलाई संक्रमणबाट रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको पर्सनल प्रोटेक्टिभ क्लोथिङ लगायतको व्यवस्था मिलाइएको छ ।

क्याप्टेन ज्वार्चनले हिमालखबरसँग सबै क्रु मेम्बरलाई थप संक्रमणबाट बच्न र सुरक्षाका उपाय अपनाउने विधिबारे २८ फागुनमा तालिम दिइ सकेको बताए ।

वुहानबाट १८० नेपाली लिएर फर्किने विमान ४ फागुन बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उद्दार गरेर ल्याएको जहाजलाई पहिलो चरणमा संक्रमण मुक्त बनाइने र त्यस पछिको ४८ घण्टासम्म कुनै पनि उडान नगरी राखिने उनले बताए ।

प्रतिकृया दिनुहोस