समाचार विहीबार, फागुन १, २०७६

शान्ति प्रक्रियामा नआएको भए सकिन्थ्यौंः दाहाल

हिमालखबर

शान्ति प्रक्रियामा नआएको भए सकिन्थ्यौंः दाहाल
null

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा नआएको भए तत्कालीन माओवादी सकिने खतरा रहेको बताएका छन् ।

सही समयमा शान्ति प्रक्रियामा आएकाले तत्कालीन माओवादी आन्दोलन बचेको उनले बताए । भारत, पेरु, श्रीलंकाको माओवादीको उदाहरण दिदैं दाहालले नेपालमा सही समयमा शान्ति प्रक्रियामा आएको बताए ।

अध्यक्ष दाहालले अहिले तत्कालीन माओवादीको सिको गर्नेहरु सकिएर जाने बताए । “त्यसै बेला पनि सही समयमा माओवादी अवतरण नभएको भए सकिने थियौं”, उनले भने ।

एमालेसँग एकीकरण कुनै लहडमा नगरिएको उनले बताए । अध्यक्ष दाहालले पार्टी एकीकरण अचानक नभएको बताए ।

प्रतिकृया दिनुहोस