गोली प्रहारबाट भारतमा नेपाली युवकको हत्या
सप्तरी बोदेबर्साइन नगरपालिका–१० खडगपुरका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहारबाट हत्या भएको छ ।
ग्यारेजको सामग्री लिन भारतको झन्झापुर गएका उनको गोली प्रहारबाट हत्या भएको हो । सामग्री लिएर फर्कदै गर्दा अज्ञात समुहले गोली प्रहार गरेका थिए ।
ग्यारेज सञ्चालक सत्येन्द्र यादवको स्कारपियोमा गएका यादवलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । उक्त गाडीमा सत्येन्द्र र बोदेबसाईनकै अर्का अनिल यादव पनि रहेको बुझिएको छ ।