कोरोनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १११३ पुग्यो (अपडेट)
विश्व स्वास्थ्य स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या बुधबारसम्म १११३ पुगेको छ । ९७ जनाको थप मृत्यु भएसँगै मृतक संख्या बढेको हो ।
चीनमा मात्रै संक्रमितको संख्या ४४ हजार नाघेको छ । गत डिसेम्बरमा चीनको हुपेइ प्रान्तको वुहान शहरमा देखा परेको थियो । त्यस यता चीनको विभिन्न शहर हुँदै २४ देशमा यसको संक्रमण देखिएको छ ।
नेपालमा पनि एक जनामा संक्रमण देखिएको थियो । तर, उनको स्वास्थ्य अवस्था सुधार भएको सरकारले जनाएको छ । सरकारले परीक्षण गरेको १८ मध्ये एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
चीनको वुहानमै रहेका नेपालीमा पनि अहिलेसम्म यो भाइरसको संक्रमण देखिएको छैन । तर, उनीहरुलाई ३ फागुनमा नेपाल ल्याइदैछ । चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले गरेको छ ।