समाचार विहीबार, फागुन १, २०७६

कांग्रेसको क्रियाशील सदस्य बन्न झनै सजिलो

हिमालखबर

कांग्रेसको क्रियाशील सदस्य बन्न झनै सजिलो
null

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । पार्टी विधान परिवर्तन गर्दै क्रियाशील सदस्य बन्न सजिलो बाटो अपनाइएको हो ।

अब कांग्रेसको क्रियाशील सदस्य बन्न सदस्यता लिएको एक वर्ष कुर्न नपर्ने भएको छ । पार्टी विधानको धारा ४ (२), ४ (१०), ४ (१२) ३५ (२) र ५० (६) निलम्बन गर्दै क्रियाशील सदस्य बन्न सकिने सजिलो बाटो अपनाइएको छ । कांग्रेसले महाधिवेशन भन्दा ६ महीना अघिसम्म मात्र क्रियाशील सदस्यता नवीकरण गर्ने प्रावधान पनि हटाएको छ ।

आगामी महाधिवेशनका क्रममा कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप्ने निर्णय गरेको छ । कांग्रेसको १४औं महाधिवेशन १४ फागुन २०७७ मा गर्ने मिति तय भइसकेको छ ।

प्रतिकृया दिनुहोस