कोरोनाभाइरसले पायो नयाँ नाम–कोभिड १९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई आधिकारिक नाम दिएको छ। अब कोरोनाभाइरस कोभिड १९ नामले चिनिने भएको छ ।
गत डिसेम्बर महीनादेखि चीनको बुहानबाट फैलिएको सो भाइरसबाट अहिले सम्म १११५ जनाको मृत्यु भइसकेको छ भने सो भाइरसको संक्रमणमा ४५, १७१ जना रहेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको नयाँ नाम कोभिडको प्रभाव अरू एक महीना रहने बताइएको छ । यसको संक्रमणदर घट्दै गएको चीनका संक्रामक रोगका विशेषज्ञ झाङ्ग न्यानशनले बताएको समाचारमा जनाइएको छ ।
संक्रमणको दर करीब २ प्रतिशत कम भएको बताइएको छ । तर, संक्रमितहरूको मर्ने दर भने बढेको बताइएको छ । मंगलबार मात्रै १०८ जनाको मृत्यु भएको छ ।
कोभिड १९ को उपचार अझैसम्म उपलब्ध छैन । यसको संक्रमण घटाउने उपाय घुलमिलबाट जोगिनु नै रहेको बताइएको छ । –एजेन्सी