थप समाचार बुधबार, माघ २९, २०७६

छाउपडी विरुद्धको अभियानमा लाग्न शिक्षकहरुलाई आग्रह

हिमालखबर

छाउपडी विरुद्धको अभियानमा लाग्न शिक्षकहरुलाई आग्रह

नेपाल राष्ट्रिय शिक्षक संगठन, अछामले छाउपडी प्रथाविरुद्ध क्रियाशील रहन जिल्लाका सबै शिक्षकहरुलाई आह्वान गरेको छ ।

शिक्षक संगठनको अछाम जिल्ला कार्य समितिकी अध्यक्ष जानकी बोहोराले जारी गरेको विज्ञप्तिमा छाउपडी जस्तो कुप्रथा विरुद्धको अभियानमा समर्थन गर्दै क्रियाशील रहन सबै शिक्षकहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा सम्बन्धित महिला तथा उनका घरपरिवारका सदस्यलाई सम्झाइ बुझाइ यो अभियानमा लाग्नु शिक्षकहरुको दायित्व हो भनिएको छ ।

फागुन भित्रै जिल्लालाई छाउपडी गोठमुक्त बनाउने अभियानमा लागेको अछामका १० वटै पालिका पनि यो अभियानमा क्रियाशिल भउका छन् ।

कमलबजार नगरपालिका छाउपडी गोठमुक्त घोषणा भइसक्यो भने अन्य पालिका पनि अभियानमा क्रियाशिल भएका छन् ।

प्रतिकृया दिनुहोस