समाचार बुधबार, माघ २९, २०७६

चीनमा रहेको नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण नदेखिएको मन्त्रालयको दाबी

हिमालखबर

चीनमा रहेको नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण नदेखिएको मन्त्रालयको दाबी

उत्तरी छिमेक चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएर २२ प्रान्त र २४ देशमा फैलिइसकेको कोरोना भाइरसको संक्रमणमा नेपालमा अहिलेसम्म नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालमा १८ जनाको परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण देखिएको र ती संक्रमित पनि स्वस्थ्य भइसकेको उल्लेख गरेको छ । मन्त्रालयले चीनबाट ल्याउन लागिएको १८५ जनाबारे समेत प्रष्ट्याएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका विद्यार्थीहरुमा कुनै संक्रमण नदेखिएको र उनीहरुलाई नेपालमा ल्याएर पनि क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको स्वास्थ्य परीक्षण हुने र संक्रमण देखिए अस्पताल लगिने मन्त्रालयले जनाएको छ ।

बाँकीलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गरी कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा एक मिटर दूरीबाट सर्ने भएकाले त्रसित नहुन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस