समाचार बुधबार, माघ २९, २०७६

अमेरिकालाई ३५ मा रोक्दै नेपालले श्रीलंकाको विश्व कीर्तिमान बराबर बनायो

हिमालखबर

अमेरिकालाई ३५ मा रोक्दै नेपालले श्रीलंकाको विश्व कीर्तिमान बराबर बनायो
null

कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टुमा अमेरिकालाई ३५ रनमा रोक्दै नेपालले १६ वर्ष अगाडि श्रीलंकाले बनाएको विश्व कीर्तिमानको बराबरी गरेको छ ।

२५ अप्रिल २००५ मा श्रीलंकाले जिम्बाबेलाई ३५ रनमा रोक्दै सवैभन्दा कम योगफलमा समेटेको थियो । १५ वर्ष पछाडि बुधबार अमेरिकालाई १२ ओभरमै अलआउट गर्दै ३५ रनमा रोकेपछि विश्व कीर्तिमान बनाएको हो । त्यसअघि सन् २००३ मा श्रीलंकाले नै क्यानडालाई ३६ रनमा रोकेको योगफल सवैभन्दा कम थियो ।

अमेरिका विरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारी चम्किएका थिए ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ६ विकेट लिए । सुशन भारीले तीन ओभरमा ५ रन दिएर चार विकेट लिए । सुशनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी बने । यसअघि सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
तीन ओभर बलिङ गरेका करण केसीले भने एक मेडन सहित १३ रन खर्चिए ।

सन्दीप र सुशन चम्किए पछि अमेरिका १२ ओभरमै अलआउट भयो । अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन जोडे । अन्य ब्याट्सम्यानले ५ रन समेत बनाउन सकेनन् ।

प्रतिकृया दिनुहोस