समाचार बुधबार, माघ २९, २०७६

सन्दीप चम्किदा अमेरिका ३५ रनमै अलआउट

हिमालखबर

सन्दीप चम्किदा अमेरिका ३५ रनमै अलआउट
null

अमेरिका विरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारी चम्किदा अमेरिका ३५ रनमै अलआउट भएको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ६ विकेट लिए । 

सुशन भारीले तीन ओभरमा ५ रन दिएर चार विकेट लिए । सुशनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी बने । यसअघि सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

तीन ओभर बलिङ गरेका करण केसीले भने एक मेडन सहित १३ रन खर्चिए । सन्दीप र सुशन चम्किए पछि अमेरिका १२ ओभरमै अलआउट भयो ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन जोडे । अन्य ब्याट्सम्यानले ५ रन समेत बनाउन सकेनन् ।

नेपालले दिएको लक्ष्य एक दिवसीय क्रिकेटमा सवैभन्दा कम हो । २५ अप्रिल २००४ मा जिम्बाबेले श्रीलंकालाई पनि ३५ रनमै रोकेको थियो । तर, श्रीलंका १८ ओभर खेलेको थियो ।

 

प्रतिकृया दिनुहोस