अमेरिका विरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट
अमेरिका विरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । दोस्रो ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालले दोस्रो ओभर सकिदा कुनै रन खर्च नगरी विकेट लिएको छ । पहिलो ओभरमा करण केसीले मेडन फालेका थिए । त्यस पछि आएका सन्दीपले विकेट सहित मेडन ओभर फाले ।
कीर्तिपुरमा जारी सिरिजमा नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो । सिरिज भने ओमानले जितिसकेको छ ।