अमेरिका विरुद्ध टस जितेर नेपाल फिल्डिङमा
कीर्तिपुरमा जारी आईसीसी वल्र्डकप लिग टुको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
सिरिज भने ओमानले जितिसकेको छ । नेपाल र अमेरिका दुवैलाई क्लिन स्वीप गर्दै चार खेलबाट आठ अंक ओमानले जितेको छ ।
ओमानसँग दुवै खेल गुमाएको नेपालले अमेरिका विरुद्ध एक खेल जितेको छ । आज अमेरिकासँग जित निकाले नेपालले चार खेलबाट चार अंक जोड्नेछ । यस्तो अवस्थामा अमेरिका सिरिजको चार खेल पराजित हुँदै स्वदेश फर्कनेछ । तर, नेपाललाई पराजित गर्न सके चार खेलबाट दुई अंक बटुलेर स्वदेश फर्कनेछ ।
आईसीसी वल्र्डकप लिग टुमा ओमानले १० खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने अमेरिका ११ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ । सन् २०१८ मा एक दिवसीय क्रिकेटको मान्यता पाएको नेपालका लागि भने यो सिरिज नै पहिलो हो । अहिलेसम्म तीन खेलबाट दुई अंक जोड्दै नेपाल लिगको दोस्रो अन्तिम स्थानमा छ ।