गवैमा सनराइज ब्यांकको शाखा रहित ब्यांकिङ सेवा
सनराइज ब्यांकले खैरहनी नगरपालिका–१३ गवै चितवनमा शाखा रहित ब्यांकिङ सेवा बिस्तार गरेको छ ।
नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, वडानम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिना र वडा नम्बर १३ का बलकुमार उप्रेतीले शाखा रहित सेवाको संयुक्त उट्घाटन गरे ।
ब्यांकको यो ४८औं शाखा रहित सेवा हो । सनराइज ब्यांकले देशभर १३० शाखा, ४८ शाखा रहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ ।