समाचार बुधबार, माघ २९, २०७६

चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राखिने

हिमालखबर

चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राखिने

चीनको हुपेइ प्रान्तको वुहान शहरमा रहेका नेपालीलाई ३ फागुनमा स्वदेश ल्याउने तयारी भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

वुहानबाट एकै पटक ल्याइने नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिँधै खरिपाटी लगिने भएको छ । त्यहाँ उनीहरुलाई राख्न एक सय ९९ बेड तयार पारिएको मन्त्री ढकालले बताए ।

विमानस्थलमा आए पछि स्वास्थ्य परीक्षण गरिने र कसैलाई ज्वरो देखिए भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिनेछ । बाँकीलाई निगरानीका लागि खरिपाटी लगिने मन्त्री ढकालले बताए ।

वुहानमा रहेका नेपालीहरुले भने चाँडै स्वदेश फर्कने बताइरहेका छन् । तिनका आफन्तले समेत सरकारलाई तत्काल उद्धार गरिदिन आग्रह गर्दै आएको छ । तर, नेपालमा उनीहरुलाई राख्ने व्यवस्था मिलाउन भएको ढिलाईले उद्धार हुन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस