समाचार मंगलबार, माघ २८, २०७६

सिन्धुपाल्चोकमा कोरोनाभाइरसको लक्षणसँग मिल्दो रोग देखियो, सय बढी बिरामी

हिमालखबर

सिन्धुपाल्चोकमा कोरोनाभाइरसको लक्षणसँग मिल्दो रोग देखियो, सय बढी बिरामी

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शंकास्पद रोगको लक्षण देखिएको छ ।

जुगल गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा २७ माघदेखि कोरोनाभाइरसको लक्षणसँग मिल्दो ज्वरोको बिरामी भेटिएकाले सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।

तर, यस्तो आग्रह पूर्व शंकास्पद बिरामीमा कुनै चिकित्सकीय परीक्षण गरिए, नगरिएको भन्ने बारे भने पत्रमा उल्लेख छैन ।

“विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पत्र पठाएको छ ।

त्यहाँ बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएकाे छ ।

 

गाउँपालिका अध्यक्षले सामाजिक सञ्जाल मार्फत् गरेको आग्रह र दिएको जानकारी ।

 

 

प्रतिकृया दिनुहोस