समाचार मंगलबार, माघ २८, २०७६

मिलेनियम च्यालेन्ज कर्पोरेशनका सहायक उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न

हिमालखबर

मिलेनियम च्यालेन्ज कर्पोरेशनका सहायक उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न
मिलेनियम च्यालेन्ज कर्पोरेशनका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आफ्नो काठमाडौं भ्रमण समापन गरेका छन् ।
 
नेपाल सरकारसँगको अमेरिकी साझेदारी र ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्टको समर्थनमा जारी परामर्शकाे हिस्सास्वरूप उनी भ्रमणमा आएका थिए।
 
भ्रमणका क्रममा सहायक उपाध्यक्ष ब्रुक्सले एमसीए-नेपालको सञ्‍चालक समिति, प्रधानमन्त्री ओली तथा कम्प्याक्टमा संलग्न अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग बेग्लाबेग्लै भेटघाट गरे ।
 
कम्प्याक्टलाई शीघ्रताका साथ अगाडि बढाउने सरकारको प्रतिबद्धताको अभिव्यक्तिलाई उनले स्वीकार गरेकाे बताइएको छ ।

सन् २००४ मा स्थापित एमसीसीले कडा मापदण्ड पुरा गर्ने विकासोन्मुख मुलुकहरूलाई समय-सीमित अनुदान सहायता प्रदान गर्दछ । संयुक्त राज्य अमेरिका र नेपालबीच २०७४ भदौमा दक्षिण एसियामै पहिलो पटक नेपाल कम्प्याक्ट सहमतिमा हस्ताक्षर भएको थियो ।
 
कम्प्याक्टलाई गरिबी न्यूनीकरण गर्ने, आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी बढाउने, अर्थतन्त्रको वृद्धिका लागि नयाँ बजार खुल्ला गर्ने र नेपालका जनताको लाभका निम्ति दिगो विकास सिर्जना गर्न क्षेत्रीय सहयोगलाई बढावा दिने गरी तर्जुमा गरिएको छ

प्रतिकृया दिनुहोस