समाचार मंगलबार, माघ २८, २०७६

बंगलादेशका सेना प्रमुख स्वदेश फिर्ता

हिमालखबर

बंगलादेशका सेना प्रमुख स्वदेश फिर्ता

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा पाँचदिने नेपालको औपचारिक भ्रमणका लागि २४ माघमा नेपाल आएका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फिर्ता भएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहसंयोजक उपरथी निर्मलकुमार थापाले बिदाइ गरेका थिए।

नेपाल भ्रमणमा रहँदा सेना प्रमुख अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले पोखरास्थित पश्चिम पृतना हे.क्वा., पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही पर्यटकीय स्थलको समेत भ्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस