दिल्लीको नतिजा आउँदै गर्दा सामाजिक सञ्जालमा हिट् बन्दै 'मिनि केजरीवाल'
हरेक अभिव्यक्तिको पहिलो प्लेटफर्म हो, सामाजिक सञ्जाल । भारतको दिल्लीमा जारी विधानसभा चुनावको नतिजा आउने क्रम जारी रहँदै गर्दा वैकल्पिक राजनीतिक शक्तिका रुपमा हेर्ने गरिएको आम आदमी पार्टीले ब्यापक अग्रता लिइरहेको छ ।
अहिलेसम्मको नतिजाअनुसार आम आदमी पार्टीले ५७ सिटमा अग्रता लिएको छ। केन्द्रीय सत्तारुढ दल बिजेपीले १२ सीटमा अग्रता बनाएको छ । बाँकी सबै दलहरु शून्य अग्रतामा छन् ।
यससँगै सामाजिक सञ्जालमा आप पार्टीले ट्वीट गरेको एउटा फोटो निकै चर्चामा आएको छ ।
आम आदमी पार्टीका प्रमुख अरविन्द केजरिवालको जस्तै पहिरन सानो बालकलाई लगाइदिएर दुरुस्तै उनीजस्तै देखाउने गरिएको तस्वीरमा व्यापक टिप्पणी आइरहेका छन् । आप पार्टीका समर्थकहरुले त्यसलाई व्यापक पोष्ट गरिरहेका छन् ।
केजरीवालले लगाउने जस्तै रातो स्वेटर, कालो मफलर, चस्मा र जुँगा लगाएर उनले भाषण गर्दा जस्तै हाउभाउ देखाइएको छ।
ट्विट हेर्न यहाँ क्लिक गर्नुहोला।