समाचार मंगलबार, माघ २८, २०७६

प्रारम्भिक नतिजाबाट निराश छैनः बीजेपी

हिमालखबर

प्रारम्भिक नतिजाबाट निराश छैनः बीजेपी

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का दिल्ली प्रमुख मनोज तिवारीले प्रारम्भिक नतिजाबाट निराश नभएको बताएका छन् ।

मंगलबार बिहान दिल्लीको प्रारम्भिक नतिजा आउन शुरु भएको छ । प्रारम्भिक नतिजा आम आदमी पार्टीको पक्ष देखिएको छ ।

तर, तिवारीले भने आफ्नो पार्टीले ५५ सिट जित्ने दावी गरेका छन् । उनले भनेका छन्, “भारतको राजधानीमा बीजेपी शक्तिमा आए कुनै अनौठो हुनेछैन ।”

प्रारम्भिक नतिजा अनुसार, आम आदमी पार्टीले ५३, बीजेपी १६ र कंग्रेसले एक सिटमा अग्रता लिएको छ । पछिल्लो वर्ष यता दिल्लीमा बीजेपीले सरकार बनाउन सकेको छैन । १५ वर्ष कंग्रेस र पाँच वर्ष आम आदमी पार्टीले सरकार चलाएको छ ।

प्रतिकृया दिनुहोस