समाचार मंगलबार, माघ २८, २०७६

दिल्लीको प्रारम्भिक नतिजाः केजरीवाल प्रष्ट बहुमततर्फ

हिमालखबर

दिल्लीको प्रारम्भिक नतिजाः केजरीवाल प्रष्ट बहुमततर्फ

नयाँ दिल्लीको मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजाअनुसार, आम आदमी पार्टी प्रष्ट बहुमततर्फ अगाडि बढेको छ ।

प्रारम्भिक नतिजाअनुसार, आम आदमी पार्टीले १६ स्थानमा अग्रता लिएको छ । भारतीय जनता पार्टीले १६ सिटमा अग्रता लिएको छ भने कंग्रेसले एक सिटमा अग्रता लिएकाे छ ।

नतिजा कायमै रहे फेरि पनि अवरविन्द केजरिवाल मुख्यमन्त्री बन्ने निश्चित छ । ७० सिट रहेको दिल्लीमा सरकार बनाउन ३६ सिटको आवश्यकता हुन्छ ।

तर, प्रारम्भिक नतिजामै केजरिवाल प्रष्ट बहुमततर्फ अगाडि बढेका छन् । सन् २०१५ को निर्वाचनमा केजरीवालले ६७ सिट जितेका थिए भने भारतीय जनता पार्टीले ३ सिट जितेको थियो ।

२० वर्षदेखि भारतीय जनता पार्टीले दिल्लीमा सरकार बनाउन सकेको छैन । १५ वर्ष कंग्रेस र पाँच वर्ष कजेरिवालले सरकार चलाएको छ ।

प्रतिकृया दिनुहोस