भारत र बांग्लादेशका यू–१९ का पाँच खेलाडी कार्बाहीमा
यू–१९ विश्वकप क्रिकेटको फाइनलमा अनुशासनहीन काम गरेको भन्दै आईसीसीले बांग्लादेशका तीन र भारतका दुई खेलाडीलाई कार्बाही गरेको छ ।
फाइनल खेलपछि यी खेलाडीहरुले अनुशासन तोडेकाले मेरिट पोइन्ट घटाइएको छ । विश्वकप फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि बांग्लादेशले जितेको थियो ।
तर, खेलमा बांग्लादेशका टोविद हृदय, शमिम हुसेन र राकिबुल हसन तथा भारतका आकाश सिंह र रवि विश्वोईलाई आईसीसीले कार्बाही गरेको छ । अपशब्द बोलेकाले विश्वोईको भने थप दुई अंकको कार्बाही गरिएको छ ।