समाचार मंगलबार, माघ २८, २०७६

गच्छदारलाई मुद्दा चलाइएपछि संसद अवरुद्ध गरिरहेको कांग्रेसले बोलायो बैठक

हिमालखबर

गच्छदारलाई मुद्दा चलाइएपछि संसद अवरुद्ध गरिरहेको कांग्रेसले बोलायो बैठक
फाइल तस्वीर

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहान १०ः३० बजे संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।

मंगलबार दिउँसो एक बजे प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललितानिवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय दलको उपनेता बिजयकुमार गच्छदारलाई मुद्दा चलाइएपछि कांग्रेसले बैठक स्थगित गर्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेतालाई फसाउने र सत्तारुढ नेतालाई जोगाउने काम गरेको भन्दै संसद अवरुद्ध गरिरहेको छ ।

तर, सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले भने गच्छदारको मुद्दा आफैले लड्नुपर्ने धारणा राखेका थिए । विशेष अदालतमा पुगेको यो मुद्दा गच्छदार आफैंले लड्नुपर्ने नेताहरुको धारणा पछि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।

 

प्रतिकृया दिनुहोस