कोरोना संक्रमणको स्वास्थ्य संकटका बीच राष्ट्रपति सीले गरे अस्पतालको भ्रमण
चिनियाँ राष्ट्रपति सी जिनफिङले कोरोना भाइरसको महामारीका कारण स्वास्थ्य संकट निम्तिए पछि अस्पतालहरुको भ्रमण गरेका छन् ।
माक्स लगाएर राष्ट्रपति सीले सामुदायिक अस्पतालहरुको अनुगमन गरेका हुन् । हुपेई प्रान्तको वुहावे शहरबाट प्रकोपका रुपमा कोरोनाको संक्रमण फैलिए पछि चीनमा सम्पूर्ण आवात देखि अन्य गतिविधि रोकिएका छन् । तर, राष्ट्रपति सी भने सामुदायिक अस्पतालहरुको अनुगमनमा निस्किएका हुन् ।
कोरानाका कारण एक हजार बढीको मृत्यु भइसकेको छ भने चिकित्सककै निधन भइसकेको छ ।
यसैबीच, विश्व स्वास्थ संगठनका चिकित्सकहरु चीन पुगेका छन् ।