कीर्तिपुर मैदानमा अमेरिका र ओमान भिड्दै
कीर्तिपुरमा जारी आईसीसी क्रिकेट लिग टु सिरिजमा ओमान आज आफ्नो अन्तिम खेल अमेरिकासँग खेल्दैछ ।
सिरिजको अपराजित टीम ओमानले दुवै खेलमा नेपाललाई पराजित गरेको छ भने ७ फेब्रुरीमा अमेरिकालाई पनि पराजित गरेको थियो । एक खेल अगाडि नै सिरिज जितिसकेको ओमान अमेरिकासँग पनि जित्दै सिरिजको अपराजित टीम बन्ने रणनीतिमा छ ।
अमेरिका भने सिरिजको पहिलो जित निकाल्ने तयारीमा छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका कीर्तिपुर सिरिजबाटै दोस्रो स्थानमा ओर्लिको छ । ओमानसँग पहिलो खेल पराजित भएको अमेरिका नेपालसँग पनि पराजित भयो । अमेरिकाले अन्तिम खेल भने बुधबार नेपालसँग खेल्दैछ ।