डिशहोममा अझ बढी अफर
डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा दिन ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ अफर ल्याएको छ ।
अफर अन्तर्गत डिशहोमका डिलरहरु मार्फत् फण्ड ट्रान्सफर गरे बापत एड अन प्याकेज सहित विक्ली लक्की ड्र मा भाग लिने अवसर मिल्नेछ । यसरी भाग लिने दुई भाग्यशाली ग्राहकहरुले प्रति ग्राहक रु.एक लाख नगद उपहार पाउँनेछन् ।
अफर २७ माघदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्रै लागू हुनेछ । लक्की ड्र डिशहोमको शो केस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारण गरिने डिशहोमले जनाएको छ ।