कला/साहित्य सोमबार, माघ २७, २०७६

ओस्कारमा उत्कृष्ट बन्यो पहिलो विदेशी भाषाको सिनेमा 'पारासाइट'

हिमालखबर

ओस्कारमा उत्कृष्ट बन्यो पहिलो विदेशी भाषाको सिनेमा 'पारासाइट'

यो वर्षको उत्कृष्ट ओस्कार अवार्ड दक्षिण कोरियाली चलचित्र 'पारासाइट'ले जितेर नयाँ कीर्तिमान बनाएको छ ।

पारासाइट उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो । योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको ओस्कार पनि पारासाइटले हात पारेको छ ।

'जोकर' चलचित्रका लागि ओयाखिम फिनिक्सले उत्कृष्ट नायक र 'जुडी' चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन् ।

ब्र्याड पिटले 'वन्स अपन अ टाइम इन हलिउड' का लागि उत्कृष्ट सहनायक र लौरा डेर्नले 'म्यारिज स्टोरी' का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन् ।

 

प्रतिकृया दिनुहोस