वेस्टर्न युनियन बम्पर उपहार लामालाई
वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ ।
५ माघमा महेन्द्रकुमार लामालाई विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ । यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो ।
ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढीमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको थियो ।