आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।
एसियाली व्यवस्थापन संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघले शुक्रबार साँझ राजधानीमा विशेष समारोह गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई अवार्ड प्रदान गरेका हुन् ।
राष्ट्रिय उद्यमशीलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।
सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । नेपालको सबैभन्दा ठूलो ब्यांक ग्लोबल आइएमई ब्यांक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।
अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया बताए ।