खेलकुद सोमबार, माघ २७, २०७६

रियल बेटिस विरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

हिमालखबर

रियल बेटिस विरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगामा आइतबार राति सकिएको खेलमा रियल बेटिस विरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

खेलको छैटौं मिनेटमै बेटिसले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै बेटिसले अग्रता बनायो । तर, यो अग्रता धेरै बेर टिक्न सकेन । नवौं मिनेटमा बार्सिलोनाको फ्रेन्की डी जोङले गोल फर्काए ।

२६औं मिनेटमा फेरि बेटिसका फकिरले गोल गर्दै २–१ को अग्रता बनाए । पहिलो हाफमा थपिएको अतिरिक्त समयमा बार्सिलोनाका लागि सर्जियो बसक्यूट्सले गोल गर्दै बरारी गरे ।

दोस्रो हाफको ७२औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यसको चार मिनेट पछाडि दोहोरो पहेलो कार्ड पाएपछि बेटिसका नबिल मैदानबाट बाहिरिए भने तीन मिनेट पछाडि बार्सिलोनाका क्लेमेन्ट पनि दोहोरो पहिलो कार्डबाटै बाहिरिए ।

संयोग दुवै टीमका गोलकर्ता नै मैदानबाट बाहिरिए पछि दुवै टीम दश खेलाडीमा सीमित भएको थियो । तर, बेटिसले गोल फर्काउन नसक्दा बार्सिलोना ३–२ गोल अन्तरले विजयी भयो ।

जितसँगै, बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ । समान खेलबाट ५२ अंक जोडेको रियल मड्रिड लिगको शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस